MAX TIGER

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा काम गर्ने अवसर

काठमाडौँ। गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले दरखास्त आह्वान गरेको छ। कम्पनीले विभिन्न पदमा कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त राष्ट्रियस्तरको वित्त कम्पनीले प्रमुख वित्त अधिकृत (सीएफओ), सहायक प्रबन्धक, अधिकृत, शाखा प्रबन्धक, सहायक तथा मार्केटिङ प्रतिनिधि पदमा योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

कम्पनीले सार्वजनिक गरेको विज्ञापनअनुसार प्रधान कार्यालय तथा विभिन्न प्रदेशमा रिक्त पदहरूमा कर्मचारी नियुक्त गर्न लागेको हो।

इच्छुक तथा योग्य उम्मेदवारले आफ्नो अद्यावधिक बायोडाटा, शैक्षिक प्रमाणपत्र, हालसालै खिचेको फोटो तथा सम्पर्क विवरणसहित आवेदन दिन सक्नेछन्। विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन बुझाइसक्नुपर्ने कम्पनीले जनाएको छ। सूचनासहित:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्