काठमाडौँ। सम्पदा लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ। लघुवित्तले गत आर्थिक वर्ष २०८२-८३ का लागि लाभांश दिने घोषणा गरेको हो ।
लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ७० करोड ८ लाख ५८ हजार ३४५ रुपैयाँको कुल ४.२१ प्रतिशतले हुन आउने २ करोड ९५ लाख ९ हजार ८२५.०५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको छ।
लघुवित्तले ४ प्रतिशतले हुन आउने २ करोड ८० लाख ३४ हजार ३३३.८० रुपैयाँको बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने १४ लाख ७५ हजार ४९१.२५ रुपैयाँ नगद लाभांश दिने भयेको हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ।



