MAX TIGER

तलब, बैठक भत्ता र अन्य सुविधामा राष्ट्र बैंकको खर्च झण्डै ३ करोड, गभर्नरले पाए तलबबापत १६ लाख बढी रुपैयाँ !

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ मा भएको खर्च सार्वजनिक गरेको छ। राष्ट्र बैंकले गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकहरूको तलब, बैठक भत्ता र अन्य सुविधामा भएको खर्च सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष २०८२-८३ मा गभर्नर, डेपुटी गभर्नर सञ्चालक सदस्यहरुको तलब, भत्ता र बैठक गरी करिब ३ करोड रुपैयाँ खर्च गरेको छ। तलब, बैठक भत्ता र अन्य सुविधामा लागि २ करोड ९९ लाख १३ हजार ७९७ रुपैयाँ खर्च भएको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, गभर्नर र तीन जना डेपुटी गभर्नरको तलबमा मात्रै ४८ लाख ९६ हजार १०० रुपैयाँ खर्च भएको छ। गभर्नर विश्वनाथ पौडेलले भने तलबबापत १६ लाख ३२ हजार रुपैयाँ प्राप्त गरेको राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणले देखाएको हो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्