MAX TIGER

प्रभु बैंकका चार कर्मचारी कारवाहीमा, शाक्य र पन्त सेवाबाट बर्खास्त, न्यौपानेको बढुवा रोक्का, सुदीप श्रेष्ठको पद घटुवा !

काठमाडौँ । प्रभु बैंकले आफ्ना कर्मचारीलाई कारवाही गरेको छ। बैंकले आफ्ना कर्मचारीमाथि कडा अनुशासनात्मक कदम चाल्दै चार जनामाथि विभागीय कारवाही गरेको हो ।

कारबाहीस्वरूप दुई कर्मचारीलाई सेवाबाट बर्खास्त गरिएको छ भने अन्य दुई जनालाई बढुवा रोक्का र पद घटुवाको सजाय दिइएको पाइएको छ।

बैंकको आन्तरिक सर्कुलरअनुसार सुगेन शाक्य र रश्मि पन्तले बैंकको सेवाबाट हात धुनुपरेको छ। त्यस्तै, मधुसूदन न्यौपानेको दुई वर्षसम्म बढुवा रोक्का गरिएको छ भने सुदीप श्रेष्ठको पद एक तह घटुवा गरिएको छ।

अदातलको फैसला आउनुअघि नै बैंकले आफुहरुलाई हटाएको भन्दै सुगेन शाक्य र रश्मि पन्त अदालत जाने तयारीमा रहेको बुझिएको छ।

प्रभु बैंक ४८ करोड घोटाला प्रकरण: यस्तो छ बैंककी चिफ बिजनेश अफिसर रश्मी पन्तले प्रहरीलाई दिएको बयान

प्रभु बैंक: पूर्व हाकिमहरु फरार, चिफ बिजनेश अफिसर हिरासतमा, सञ्चालक विवादमा, बैंक नियामकीय कारवाहीमा !

प्रभु बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्त पक्राउ

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्