महेन्द्रनगरको आन्तरिक राजश्व कार्यालय परिसरमा ग्लोबल आइएमई बैंक लिमिटेडको २९औं एक्सटेन्सन काउण्टर

 global ime bank
  • बैंकिङ संसार 
काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक राजश्व कार्यालय, महेन्द्रनगरमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ । उक्त काउण्टरको आन्तरिक राजश्व कार्यालय, महेन्द्रनगरका प्रमुख कर अधिकृत लेखनाथ शर्मा (पंगेनी) ले उद्घाटन गरेका हुन् । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै एक्सटेन्सन काउण्टर सुरु गरेको हो । 
महेन्द्रनगरमा एक्सटेन्सन काउण्टरको उद्घाटनसँगै बैंकको एक्सटेन्सन काउण्टरको संख्या २९ पुगेको छ । उक्त अवसरमा बोल्दै प्रमुख कर अधिकृत शर्माले बैंकले ग्राहकको सन्तुष्टीलाई मध्यनजर गरी उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गरे । सेवाग्राहीको बढ्दो चापका कारण एक्सटेन्सन काउण्टर खोलिएको जानकारी दिए । ग्लोबल आइएमई बैंक महेन्द्रनगर शाखाका शाखा प्रमुख दिपेन्द्रबहादुर सिंहले बैंकले सेवाग्राहीको हितलाई ध्यानमा राखेर काम गर्ने बताउदैं प्रभावकारी सेवा प्रदान गर्ने प्रतिवद्धतासमेत जनाए।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्