PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंक र द हबि अटो ट्रेडिङ्गबीच सम्झौता, गाडी खरिद गर्दा ७० प्रतिशतसम्म कर्जा पाइने

 Sangrila development bank
  • बैंकिङ संसार 
काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ्ग प्रालि बीरगंज वडा न. १५ बीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र द हबि ट्रेडिङ्ग प्रा.लिका तर्फबाट अध्यक्ष उमेशनारायण मानन्धरले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि बैंकका ग्राहकहरुले द हबि ट्रेडिङ प्रालिबाट नयाँ वैकहो लोडर तथा हेभी ईक्यूपमेन्ट खरीद गर्न चाहेमा सम्झौता अन्तर्गत खरिद रकमको अधिकतम ७० प्रतिशतसम्म कर्जा सम्बन्धी सेवा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै