मुक्तिनाथ विकास बैंकद्धारा डाँफे टोल विकास संस्थालाई डस्टबीन हस्तान्तरण !

muktinath bikash bank
  • बैंकिङ संसार 
काठमाडौं । मुक्तिनाथ विकास बैंकले टोखाको टोल विकास संस्थालाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत डाँफे टोल विकास संस्था, टोखा काठमाडौंलाई डस्टबीन हस्तान्तरण गरी सहयोग गरेको हो ।
टोखा–६ डाँफे बजार वरीपरीको सरसफाईमा ध्यान दिदैं बैंकले डस्टबीन वितरण गरेको हो । उक्त डस्टबीन मुक्तिनाथ विकास बैंक टोखा शाखाका प्रमुख दिनेश पन्तले डाँफे टोल विकास संस्थाका अध्यक्ष किरणदेव पन्तलाई हस्तातरण गरेका थिए ।
हालसम्म बैंकले देशैभरी १ सय १८ वटा शाखा, २२ वटा एटिएम निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने गरी करिब सात लाख ग्राहकहरुलाई विभिन्न किसिमका सेवाहरु उपलब्ध गराउदै आएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्