PRABHU BANK

सरकारी स्वामित्वको कृषि विकास बैंकको नाफा १९.१५% ले वृद्धि, जगेडा कोषमा १० अर्बमाथि !

krishi bikash bank
  • बैंकिङ संसार 
काठमाडौं – कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले यस अवधिसम्म आइपुग्दा नाफाका साथै अधिकाशं सूचकहरुमा सुधार ल्याएको विवरण सार्वजनिक गरेको हो । यस अवधिमा बैंकको नाफा १९.१५% ले बढेर ४ अर्ब ३५ करोड ३२ लाख ४७ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ३ अर्ब ६५ करोड ३५ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले १ खर्ब १९ अर्ब ७६ करोड निक्षेप संकलन गरी १ खर्ब १० अर्ब ७९ करोड कर्जा लगानी गरी ७ अर्ब ३७ करोड खुद ब्याज आम्दानी गरेको छ। यस्तै बैंकको प्रतिशेयर आम्दानी करिब ७ रुपैयाँ बढेर ४४ रुपैयाँ ६७ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ ३१४ रुपैयाँ १८ पैसा र मूल्य आम्दानी अनुपात १०.८२ गुणा रहेको छ । 
बैंकको चुक्ता पुँजी १४ अर्ब ४४ करोड ८२ लाख ४० हजार रुपैयाँ रहेको छ । र बैंकको जगेडा कोषमा १० अर्ब ४० करोड रुपैयाँ जम्मा भएको विवरणमा उल्लेख छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै