PRABHU BANK

कुमारी बैंकको खुद नाफा १ अर्ब ३३ करोडमाथि, अन्य सूचकहरूको अवस्था कस्तो ?

 kumari bank
  • बैंकिङ संसार 
काठमाडौं – कुमारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ३३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकको यो नाफा अघिल्लो वर्षको तुलनामा २८.०४% ले धेरै हो । गत वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 
बैंकले खुद ब्याज आम्दानी ४८.५५% ले बढाएर ३ अर्ब १ करोड ९४ लाख रुपैयाँ पुर्याएको वित्तीय विवरण सार्वजनिक गरेको हो । यस्तै सञ्चालन नाफा ४२.६५% ले बढाएर १ अर्ब ९२ करोड ४७ लाख रुपैयाँ पुर्याएको छ ।

यता बैंकले रिजर्भ कोषमा पनि १९.७७% ले बढाएर २ अर्ब १४ करोड ९७ लाख रुपैयाँ जम्मा गर्न सफल भएको छ । बैंकको प्रतिसेयर आम्दनी ०.८२ रुपैयाँ बढेर १५ रुपैयाँ ३६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ६४ पैसा पुगेको विवरणमा उल्लेख छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै