वालेटमा रकम जम्मा गर्ने सीमा राष्ट्र बैंकले बढायो, एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने ! (सूचनासहित)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले वालेटमा रकम जम्मा गर्न सकिने सीमा बढाएको छ। राष्ट्र बैंकले दशैं, तिहार तथा छठ पर्वको अवसरमा रकम जम्मा गर्ने दैनिक कारोबारको सीमा बढाएको हो।

राष्ट्र बैंकले अब दसैँ, तिहार र छठका बेला प्राकृतिक व्यक्तिको हकमा एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने व्यवस्था गरेको हो।

यो सुविधा असोज ३१ गतेदेखि कात्तिक ८ गतेससम्म र कात्तिक २१ गतेदेखि कात्तिक २९ गतेसम्म लिन सकिन्छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्