PRABHU BANK

प्राइम बैंकको निमित्त सिईओमा सन्जिव मानन्धर नियुक्त

prime-bank
  • बैंकिङ संसार 
काठमाडौं । प्राइम कमर्सियल बैंकको निमित्त सीईओमा सन्जिव मानन्धर नियुक्त भएका छन् । मंगलबार साँझ बसेको संचालक समितिको बैठकले मानन्धरलाई निमित्त सीईओको जिम्मेवारी दिएको हो । नव नियुक्त मानन्धर यसअघि प्राइम बैंकमै जनरल म्यानेजरको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
नेपाल राष्ट्र बैंकले सोमबार एक निर्देशन जारी गरी बैंकका संचालक तथा सीईओहरुलाई उमेर हद लागू गरेको थियो । सो निर्देशन पश्चात नारायणदास मानन्धर सीईओबाट पदमुक्त भए र मानन्धरलाई निमित्त सिईओको कार्यभार दिइएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै