गुराँस लघुवित्तको १० प्रतिशत लाभांश प्राप्तीका लागि आजसम्म सेयर किन्नुपर्ने

काठमाडौँ। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई वितरण गर्ने १० प्रतिशत लाभांश प्राप्त गर्न आज असोज २७ गतेसम्म सेयर खरिद गर्नुपर्नेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज २८ गते बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुन पाउनेछन् ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कात्तिक १० गते बस्ने संस्थाको एघारौँ वार्षिक साधारण सभामा पेस हुनेछ । धनकुटास्थित हिले कान्जिरोवा मकालु होटलमा बिहान ९ बजे सुरु हुने सभाले बोनस सेयर तथा नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

साथै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत पेस गरिनेछ ।

प्रस्तावित लाभांश साधारण सभाबाट पारित भएपछि सम्बन्धित शेयरधनीले प्राप्त गर्नेछन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्