PRABHU BANK

सेञ्चुरी कमर्सियल बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर, १ सय ५७ जना लावान्भित !

century bank
  • बैंकिङ संसार 
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको भक्तपुर शाखाद्वारा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत घलाते चोक टोल सुधार समिति यो यो बैंक्वेट र भक्तपुर हार्ट एन्ड डाईवेटिज सेन्टरको सहकार्यमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ । 
उक्त शिविरमा सुगर, ब्लड प्रेसर, ईसीजी, किड्नीलगायतको चेकजाँच भएको भन्दै बैंकले शिविरमा ज्येष्ठ नागरिकलगायत १ सय ५७ जनाले चेकजाँच गराएका छन् । 
शिविरमा टोल सुधार समितिका प्रतिनिधिहरू, प्रतिनिधिसभा सदस्य पूर्वमन्त्री महेश बस्नेत, ज्येष्ठ नागरिकलगायत बैंकका कर्मचारीको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको पनि बैंकले जनाएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै