PRABHU BANK

३५% सम्म लाभांश दिनसक्ने क्षमता बनाएको नबिल बैंकको खुद नाफा ७.८४% ले मात्र वृद्धि, प्रतिसेयर आम्दानी कति ?

 nabil bank

  • बैंकिङ संसार 
काठमाडौं – नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ७.८४% ले वृद्धि गरी ४ अर्ब २९ करोड ४१ लाख १८ हजार रुपैयाँ कमाए वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले गत वर्षको सोहि अवधिमा ३ अर्ब ९८ करोड १८ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 
यता बैंकको प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ । अघिल्लो वर्षको तुलनामा प्रतिसेयर आम्दानी १ रुपैयाँ ८६ पैसाले घटेर ४७ रुपैयाँ ६५ पैसामा कायम भएको विवरणमा उल्लेख छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ५१ पैसा रहेको थियो । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ २५८ रुपैयाँ ६ पैसा रहेको छ ।
विवरण अनुसार हाल बैंकको चुक्ता पुँजी १२.०४% ले बढेर ९ अर्ब १ करोड १८ लाख ४५ हजार रुपैयाँ पुगेको छ । साथै बैंकको वितरण योग्य नाफा भने ३ अर्ब १८ करोड ४६ लाख ३९ हजार रुपैयाँ रहेको छ । जसबाट बैंकले सेयरधनीलाई ३५ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः १७.१५% र ७.५९% ले वृद्धि भएको छ । 
यस अवधि सम्म आइपुग्दा बैंकले १ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २९ अर्ब बढी कर्जा परिचालन गरेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै