PRABHU BANK

एनसीसी बैंकको नाफा १ अर्ब ५२ करोडमाथि, प्रतिसेयर आम्दानी र वितरण योग्य नाफा कति ?

 ncc bank
  • बैंकिङ संसार 
काठमाडौं – एनसीसी बैंकले १ अर्ब ५२ करोड ६८ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकको यो नाफा अघिल्लो वर्षको चौथो त्रैमासको भन्दा १३.८१% ले धेरै हो ।अघिल्लो वर्ष यसैअवधिमा बैंकले १ अर्ब ३४ करोड १५ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस अवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब १९ करोड ९७ लाख ९१ हजार रुपैयाँ छ भने प्रतिसेयर आम्दानी २३ रुपैयाँ ५८ पैसा र प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ३८ पैसा रहेको छ । यस्तै यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ९१.४८% र सञ्चालन नाफा २०.७६% ले वृद्धि भएको विवरणमा उल्लेख छ । 
बैंकले चौथो त्रैमासमा ६७ अर्ब ३ करोड बढी निक्षेप संकलन गरी ६१ अर्ब १३ करोड बढी कर्जा परिचालन गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै