PRABHU BANK

माछापुच्छ्रे बैंक लिमिटेडको नयाँ शाखा गाईघाटमा विस्तार, कुल शाखा संख्या १ सय २८ पुग्यो !

machhapuchchhre bank
  • बैंकिङ संसार 
काठमाडौँ । माछापुच्छ्रे बैंकले उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ११ गाईघाटमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले ग्राहकको सेवा सुविधालाई ध्यानमा राखेर उक्त नयाँ शाखा संचालनमा ल्याएको हो ।
उक्त नयाँ शाखाको उद्घाटन कार्यक्रममा त्रियुगा नगरपालिकाका नगरप्रमुख बलदेव चौधरीले नेपाल अहिले आर्थिक समृद्धिको बाटोमा हिडिरहेको बताएका छन् । नगरप्रमुख चौधरीले आफ्नो नगरको परियोजनामा लगानी गर्ने खालको बैकको स्थापना नभएकोले माछापुच्छ्रे बैकलाई पैसा संकलन गर्ने मात्र नभएर नगरवासिको हितमा काम गर्न अनुरोध गरे ।
बैकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महत्तोले हाम्रो देश प्रगती र समृद्धिको नारा लिएर अगाडि बढिरहेकोले माछापुच्छे बैकले यस नारालाई मध्यनजर गर्दे काम गर्ने बताए । उनले हामीले हिजोका दिनमा फर्केर हेर्ने भन्दा पनि भोलीका दिनमा कसरी काम गर्ने भन्ने सोचका साथ बैकलाई अगाडि बढाईएको बताए ।
कार्यक्रममा त्रियुगा उधोग वाणिज्य महासंघका अध्यक्ष गजेन्द्र भगतले बैकको महंगो ब्याजदरले धेरै व्यावसायिहरु मार्कामा परेको बताएका छन् । उनले ७.८ प्रतिशत ब्याजदरमै बैकले कारोबार गरे ब्यावसायिलाई सुलभ हुने बताए ।
हालसम्म बैंकले १२८ वटा शाखा र १५६ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै