PRABHU BANK

लुम्बिनी विकास बैंकद्वारा श्री राष्ट्रिय आधारभुत विद्यालयलाई आर्थिक सहयोग !

lumbini bikash bank
  • बैंकिङ संसार 
काठमाडौं । लुम्बिनी विकास बैंकले राष्ट्रिय आधारभुत विद्यालयलाई सहयोग गरेको छ । बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं २६ खद्रौली, स्थित श्री राष्ट्रिय आधारभुत विद्यालयलाई स्कुलको छाना निर्माण तथा मर्मतका लागि आर्थिक सहयोग गरेको हो ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हिकमत बहादुर गुरुङलाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले लुम्बिनी विकास बैंकले जिवन उपयोगी शिक्षाको ज्योती फैलाउदै समग्र देशको समुन्नतीको लागी योग्य जनशक्तिको आधार तयार गर्दै आएका यस किसिमका विद्यालयहरुलाई विभिन्न किसीमले सक्दो सहयोग गर्दै जाने बताए ।
हालसम्म बैंकले देशभरका ६५ शाखाहरु र १३ वटा एटिएमबाट आफ्ना करिब २ लाख ४० हजार ग्राहकलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै