PRABHU BANK

प्रभु मनि ट्रान्सफरका ग्राहकलाई सिजी इलेक्ट्रोनिक्सका कुनै पनि शोरुमहरुबाट सामान खरीद गर्दा आकर्षक छुट

 Prabhu Money Transfer

  • बैंकिङ संसार 
काठमाडौँ – नेपालको अग्रणी तथा रकम पठाउने र प्राप्त गर्ने विश्वासिलो रेमिटान्स कम्पनी प्रभु मनि ट्रान्सफरले विदेशबाट तथा नेपालभित्र पठाएको रकम प्राप्त गर्ने ग्राहकहरुलाई लक्षित गर्दै CG Electronics सँगको सहकार्यमा आफ्ना ग्राहकहरुलाई CG Electronics का विभिन्न ब्राण्डहरु LG, CG, Godrej, TCL आदि सामानहरुमा आकर्षक छुट प्राप्त गर्न सकिने व्यवस्था रहेको छ । 
सो अनुसार नेपालभित्र तथा बाहिरका ग्राहकहरुलाई प्रत्यक्ष फाइदा हुने कम्पनिले विश्वास लिएको छ । ग्राहकहरुलाई पूर्ण सुविधा दिदैँ आएको कम्पनीले आफ्नो सुविधाको क्षेत्र विस्तार गर्दै जाने र ग्राहकको सन्तुष्टिलाई मध्यनजर गर्दै यो व्यवस्था ल्याएको हो । 
यसअन्तर्गत कुनै पनि ग्राहकले प्रभु मनि ट्रान्सफरको जुनसुकै शाखाबाट रकम प्राप्त गर्दा दिईने रसिद लिएर CG Electronics का कुनै पनि शोरुमहरुबाट टिभी, फ्रिज, वाशिंग मेशिन तथा अन्य घरायसी सामाग्रीहरु खरिद गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यो योजना सिमित अवधिको लागि मात्र लागु हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै