एभरेष्ट बैंकमा हाइड्रो तथा प्रोजेक्ट फाइनान्स विश्लेषक माग

काठमाडौँ। एभरेष्ट बैंकले कर्मचारी माग गरेको छ। बैंकले हाइड्रो तथा प्रोजेक्ट फाइनान्ससम्बन्धी म्यानेजरियल तहको पदमा कर्मचारी माग गरेको छ।

बैंकले योग्य, ऊर्जाशील तथा स्वप्रेरित नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो। बैंकका अनुसार उक्त पदका लागि म्यानेजमेन्ट, बिजनेस वा इकोनोमिक्समा स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्नेछ।

न्यूनतम प्रथम श्रेणी वा ४ मध्ये ३.३० CGPA आवश्यक पर्नेछ। साथै, चार्टर्ड एकाउन्टेन्ट वा मान्यता प्राप्त विश्वविद्यालयबाट सोसरहको योग्यता भएकाले पनि आवेदन दिन सक्नेछन्। उम्मेदवारसँग कम्तीमा ८ वर्षको बैंकिङ-व्यावसायिक अनुभव हुनुपर्नेछ।

आवेदनको अन्तिम मितिसम्म उम्मेदवारको उमेर कम्तीमा ३० वर्ष हुनुपर्नेछ।

इच्छुक उम्मेदवारले असोज २७ गतेभित्र आवेदन दिनुपर्नेछ। आवेदन बैंकको करियर पोर्टलमार्फत अनलाइन दिन सकिनेछ।

noticee everest

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्