एक महिनामा वाणिज्य बैंकहरुले कमाए ८ अर्ब बढी नाफा, सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक ! (विवरणसहित)

काठमाडौँ। वाणिज्य बैंकहरुले ८ अर्बबढी नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसारचालु आर्थिक वर्ष २०८३-८४ को पहिलो महिना साउनमा वाणिज्य बैंकहरुले ८ अर्ब ७३ करोड रुपैयाँ नाफा कमाएका हुन्।

२० वाणिज्य बैंकले चालु आर्थिक वर्षको साउनमा ८ अर्ब ७३ करोड ७२ लाख रुपैयाँ नाफा कमाएका हुन्। अघिल्लो वर्ष २०८१-८२ को साउनमा वाणिज्य बैंकहरुले ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा ४.२३ प्रतिशतले बढेको छ।

यस अबधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ भने वृद्धिदरका हिसाबले कृषि विकास बैंक अग्रस्थानमा रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १३ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने ७ वटाको घटेको छ।

समीक्षा अवधिमा नबिल बैंकले ८८ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ७१ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो बैंकको नाफा २३.२८ प्रतिशतले बढेको छ। दोस्रोमा धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ। बैंकले ८१ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ७८ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ३.७० प्रतिशतले घटेको छ।

यता तेस्रोमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। बैंकले ७३ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षमा भने बैंकले ६३ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा नाफा १५.८० प्रतिशतले बढेको छ। यस्तै, कुमारी बैंकले ५४ करोड ७० लाख र राष्ट्रिय वाणिज्य बैंकले ५२ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

तर, नेपाल एसबीआई बैंकले समीक्षा अवधिमा सबैभन्दा कम १७ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्