PRABHU BANK

सनराइज बैंकको १३ औँ वर्षमा प्रवेश : रक्तदान कार्यक्रम गरी मनायो वार्षिकोत्सव

Sunrise Bank
काठमाडौँ – सनराइज बैंकले आफ्नो १२औं वार्षिकोत्सवका अवसरमा देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले काठमाडौको गैरीधारा स्थित प्रधान कार्यालयबाट कार्यक्रमको सुरुवात गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।
बैंकले काँकडभिट्टा, लहान र बुटवल शाखामा पनि रक्तदान कार्यक्रम गरेको छ । बुधबार बैंकले आयोजना गरेको कार्यक्रमहरुमा १५० भन्दा बढीले रक्तदान गरेका छन् । बैंकले असोज महिनालाई १२ औं वार्षिकोत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरु गर्दै जाने जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै