बैंकका कर्मचारीलाई विभेद नगर्न राष्ट्र बैंकको आग्रह

काठमाडौँ। नेपाल राष्ट्र बैंकले गाभिएर आएका बैंकका कर्मचारीलाई भेदभाव नगर्न आग्रह गरेको छ। राष्ट्र बैंकले मर्जर तथा प्राप्तिपछि एउटै संस्थामा समायोजन भएका कर्मचारीलाई विभेद नगर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरेको हो ।

मर्जर प्रक्रियाबाट आएका कर्मचारीलाई उनीहरू कुन बैंक वा वित्तीय संस्थाबाट आएको भन्ने आधारमा फरक व्यवहार नगर्न राष्ट्र बैंकले सम्बन्धित संस्थाहरूलाई सचेत गराएको हो। मर्जरपछि कर्मचारी व्यवस्थापनका क्रममा सेवासुविधा, जिम्मेवारी, अवसर तथा करियर विकासमा समानता कायम गर्नुपर्नेमा राष्ट्र बैंकले जोड दिएको छ।

बैंक तथा वित्तीय संस्थाहरूको संख्या घटाउने उद्देश्यले पछिल्ला वर्षमा भएको मर्जर तथा प्राप्तिका कारण एउटै संस्थामा विभिन्न पूर्वसंस्थाबाट आएका कर्मचारी कार्यरत छन्।

यस्तो अवस्थामा कर्मचारीबीच संस्थागत पृष्ठभूमिका आधारमा विभेद हुँदा कार्यस्थलको वातावरण र कर्मचारीको मनोबलमा असर पर्न सक्ने भएकाले समान व्यवहार आवश्यक रहेको राष्ट्र बैंकको धारणा छ।

राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको ‘जोखिम व्यवस्थापन मार्गदर्शन, २०२६’ जारी गर्दै मर्जर तथा एक्विजिसनपछि संयुक्त सञ्चालनमा मानव संसाधनको हित तथा कल्याणलाई उचित रूपमा समेट्न निर्देशन दिएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्