PRABHU BANK

महालक्ष्मी विकास बैंकको नयाँ शाखा ठमेलमा विस्तार, डेपुटी गर्भनर शिवराज श्रेष्ठद्वारा उद्घाटन !

 mahalaxmi bikash bank

  • बैंकिङ संसार

काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका वडा नं. २९, ठमेलमा नयाँ शाखा विस्तार गरेको छ । शाखाको शुक्रबार औपचारिक उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले गरेका थिए । कार्यक्रमको सभापतित्व बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थितिप्रति कृतज्ञता ज्ञापन गरेका थिए ।
उनले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आइरहेको जानकारीकासाथै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैंकिङ सेवामा नेपाली जनताको पहुँच बढाउन बैंकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिबद्धता गरे । हाल बैंकले १ सय वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै