PRABHU BANK

कञ्चन डेभलपमेन्ट बैंकको नयाँ शाखा डोटीमा, कुल शाखा संख्या १७ पुग्यो !

 kanchan development bank
  • बैंकिङ संसार 
काठमाडौँ । कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले दिपायल सिलगढी न.पा., पिपल्ला बजार, दिपायल डोटीमा १७औं शाखा संचालनमा ल्याएको छ । प्रमुख अतिथीका रुपमा रहनुभएका दिपायल सिलगढी नगरपालिकाका उप–प्रमुख शिवराज खड्काले उक्त शाखाको समुद्घाटन गरेका हुन् । 
उक्त समारोहमा दिलपेश्वर मठक्षेत्र विकास समितीका अध्यक्ष कर्ण बहादुर द्धारिया, आदर्श गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष नरेन्द्र बहादुर रोकाया, दिपायल सिलगढी न. पा. का पुर्व उपमेयर प्रेम बहादुर शाह र आदर्श गाँउपालिकाका अध्यक्ष टेक बहादुर रोकायाले शुभकामना मन्तब्य राखेका थिए भने समारोह समापन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बिरु राम जैशीले बैंकको विविध पक्षको बारेमा जानकारी गराएका थिए । 
प्रधान कार्यालय कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका, महेन्द्रनगर बजारमा रहेको यस बैंकको हालसम्म कञ्चनपुरमा ७ शाखा र २ एक्सटेन्सन काउण्टर, कैलालीमा ७ शाखा र १ एक्सटेन्सन काउण्टर, डडेल्धुरामा १ शाखा, बैतडीमा १ शाखा र डोटी १ शाखा गरि कुल १७ शाखा र ३ एक्सटेन्सन काउण्टर सञ्चालनमा आएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै