DISH HOME

माछापुच्छ्रे बैंकको २ शाखा रहित बैंकिङ सेवा कावासोतीमा

machhapuchchhre bank
  • बैंकिङ संसार 
काठमाडौँ । कावासोतीमा माछापुच्छ्रे बैंक लिमिटेडले दुई वटा शाखा रहित बैंकिङ सेवा विस्तार गरेको छ ।सोमबार कावासोती १७ मा बैंकले १२९औँ र कावासोती ६ मा १३०औँ शाखा रहित बैंकिङ सेवा बिस्तार गरेको शाखा प्रबन्धक शेषराज पोखरेलले बताए ।
शाखा प्रबन्धक पोखरेलको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रदेश सांसद तिलक महतको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा कावासोती नगरपालिकाका उपमेयर प्रेमशेखर मर्दनिया, नवलपुर उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष डासुराज पोखरेल, वडा नं १७ का वडा अध्यक्ष छविलाल महतो विशेष अतिथिका रुपमा उपस्थित रहेका थिए ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै