मझौला तथा साना कर्जा लगानी सम्बन्धी सम्झौता !

 krishi bikash bank
  • बैंकिङ संसार 
काठमाडौँ । कृषि विकास बैंक लि, ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघबीच ग्रामीण विद्युत उपभोक्ता समितिमा आवद्ध महिलाहरुको आयस्तर वृद्धिका लागि मझौला तथा साना परियोजनारव्यवसायमा कर्जा लगानी गर्ने सम्झौता भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, ग्रामीण प्रविधि केन्द्रका कार्यकारी निर्देशक गणेशराम श्रेष्ठ र सामूदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष नारायण ज्ञवालीले उक्त सम्झौता पत्रमा संयूक्त रुपमा हस्ताक्षर गरे ।
उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले यस प्रकारको सम्झौताले दूरदराजमा रहेका साना तथा मझौला व्यवसाय गर्ने महिलाको आयस्तर वृद्धि भई निजहरुको शसक्तीकरण हुनुका साथै वित्तिय साक्षरता बढाउन तथा बैंकमा उनीहरुको पहुंच वृद्धि गर्न बैंकको कर्जा कोशेढुंगा सावित हुने बताए ।
ग्रामीण प्रविधि केन्द्रका कार्यकारी निर्देशक गणेशराम श्रेष्ठले वित्तिय सहयोगको अभावमा आफ्नो व्यवसाय विस्तार गर्न नसकिरहेका सानारमझौला महिला व्यवसायीहरुको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न बैंकले प्रदान गर्ने कर्जाले ठूलो सहयोग पुग्ने आशा व्यक्त गरे ।
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष नारायण ज्ञवालीले यस सम्झौताले महिला उत्थानमा जिम्मेवारी, इमान्दारी, समझदारी, पारदर्शी र दुरदर्शिताका साथ काम गर्न प्रेरणा मिलेको बताए । ग्रामीण प्रविधि केन्द्रका कार्यकारी निर्देशक डा. पुरुषोत्तम श्रेष्ठले महिला उत्थानका लागि गरिएकोे यस प्रकारको कार्यक्रम भविष्यमा विस्तार गर्दै लगिने बताए ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्