PRABHU BANK

कुमारी बैंकको नेपाल बैंकिङ्ग इन्स्टिच्युटसँगको साझेदारीमा वित्तीय साक्षरता अभियान !

kumari bank
  • बैंकिङ संसार 
काठमाडौँ । कुमारी बैंकले वित्तीय साक्षरता कार्यक्रमसम्बन्धी नेपाल बैंकिङ्ग इन्स्टिच्युट (एनबीआई)संग सहकार्य गरेको छ । अहिलेको समयमा वित्तीय जागरुकता अत्यावश्यक रहेको कुरालाई मध्यनगर गरी बैंकले एनबीआईसंग सहकार्यात्मक सम्झौता गरेको बताएको छ ।
बैंकले एनबीआईसंगको सहकार्यमा पाल्पाका ४ स्थान, मुझुङ्ग, यम्घा, बराङ्गदी तथा भुवनपोखरीका बासिन्दाहरुका लागि आधारभूत वित्तिय शिक्षा, परामर्श एवं प्रशिक्षण दिएको छ । यस प्रशिक्षणको मुख्य उद्देश्य, बैंक तथा वित्तीय संस्थाका सेवा, निक्षेप तथा कर्जाका उपकरणहरुको सही प्रयोग गरी वित्तीय पहुँच तथा समावेशीता रहेको छ । यस्ता अभियानपछि स्थानिय बासिन्दाहरु चक्रवृत्ति ब्याजजस्तो मर्कादायी चक्रव्यूहबाट बच्न सक्ने ज्ञान र आधार हुने बैंकको विश्वास रहेको छ । 
बराङ्गदीमा बैंकका डिजिटल बैंकिङ्ग प्रमुख अनिश ताम्राकारको अध्यक्षतामा प्रदेश नं ५ का प्रदेश–सभासद डा.पुरन्वान बज्राचार्य, शाखारहित बैंकिङ्ग एजेन्ट गण बहादुर बुढाथोकी, बैंकका उच्चपदस्थ अधिकारीहरू तथा स्थानिय व्यवसायिक प्रतिनिधिहरूको माझ कार्यक्रम सम्पन्न गरेको हो ।
यसैगरी, मुझुङ्गमा शाखारहित बैंकिङ्ग एजेन्ट गणेश बहादुर राना, यम्घामा शाखारहित बैंकिङ्ग एजेन्ट दया राज बस्याल तथा भुवनपोखरीमा शाखारहित बैंकिङ्ग एजेन्ट प्रेम प्रसाद श्रेष्ठ सहित स्थानीय निकायका प्रतिनिधिहरु र बैंकका अधिकारी तथा स्थानिय एवं वासिन्दा व्यवसायिक प्रतिनिधिहरूको माझ कार्यक्रम संचालन गरेको थियो । सोही अवसर पारि बैंकले शाखारहित बैंकिङ्गको पनि समुद्घाटन एकैसाथ गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै