काठमाडौँ। लुम्बिनी विकास बैंकका एक जना कर्मचारीको निधन भएको छ। बैंकको बट्टार शाखामा कार्यरत कर्मचारी रुपेश श्रेष्ठको निधन भएको हो।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका २ टिमुरे आसपासमा आएको भीषण बाढीका कारण बैंकमा कार्यरत रुपेश श्रेष्ठ बेपत्ता भएका थिए।
बैंकका अनुसार बाढीपछि श्रेष्ठसँग सम्पर्कविहीन भएको र परिवारबाट समेत जानकारी प्राप्त भएकाले खोजी तथा उद्धारका लागि पहल गरेको थियो।
बैंकले पनि बट्टार शाखामा कार्यरत कर्मचारी रुपेश श्रेष्ठको निधन भएको पुष्टि गरेको छ। यो पनि हेर्नुहोस्:
रसुवाको बाढीमा लुम्बिनी विकास बैंकका कर्मचारी बेपत्ता (सूचनासहित)



