काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैक लिमिटेडको १५औँ वार्षिकउत्सवको अवसरमा गल्छी शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले रेडक्रस सोसोइटीको सहयोगमा सो कार्यक्रम सम्पन्न गरेको हो । गल्छी शाखाको उक्त कार्यक्रम कातिक १७ गते बिहान १० बजे देखि सुरु दिउसो ४ :३० सम्पन्न भएको थियो । बैंकले संचालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा गल्छी गा.पा.अध्यक्ष कृष्णहरि श्रेष्ठ र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो भने रक्तदाताहरुको पनि उत्साहजनक उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बौल्दै गल्छी गा.पा.अध्यक्ष कृष्ण हरि श्रेष्ठले गल्छी चोकमा धेरै बैकको शाखा आएको तर सांग्रिला बैकको शाखा आएको १ वर्ष नपुग्दै धेरै किसिमका कार्यक्रम गरेर स्थानीय मानिसहरुको मन जितेको बताए । गल्छी शाखाक प्रमुख गौरब काफलेले सोहि कार्यक्रममा बोल्दै दुर्घटना, रक्तस्राव, प्रस्तुति, शल्यक्रिया लगाएतका अवस्थामा रगतको आवश्यकता पर्ने हुँदा यस्तो कार्यक्रम गर्नु पर्नेमा जोड दिए । अहिले देशमा रगतको अभाव मा अधिकांशले नागरिक मृत्युको सैयामा रहेकाले कसैको जिवन बचाउन पछि नपर्ने र महादान रक्तदानमा सबैको सहयोग खाचो रहेको बताए ।
सांग्रिला डेभलपमेन्ट बैंकको एउटा शाखाले मात्र नभई ८७ वटै शाखाले सामाजिक उतरदायित्व अन्तर्गत विभिन्न कार्य गर्दै आएको पनि काफलेले बताए ।