काठमाडौँ। बाढी तथा विपद् प्रभावितका लागि लायन्स क्लब अफ ड्रिम्सका चार्टर प्रेसिडेन्ट भुवन भण्डारीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० हजार रुपैयाँ सहयोग गरेका छन् । भोटेकोशीमा आएको बाढीपछि उद्धार, राहत र पुन:स्थापनाका लागि भण्डारीले सो रकम सहयोग गरेका हुन् ।

भुवन भण्डारीले बाढीपीडित किरणमान अधिकारीलाई व्यक्तिगत रूपमा ५ हजार रुपैयाँ सहयोग गरेका छन् । विपद्का बेला पीडितलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको उनले बताए ।
सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ ड्रिम्सले गत वर्ष मात्रै १२ पटक रक्तदान कार्यक्रम आयोजना गरेको थियो । अन्य विभिन्न संस्थासँगको सहकार्यमा क्लबले कुल २५ वटा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको थियो ।
क्लबले यस वर्ष पनि रक्तदानसहित विभिन्न सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिइरहेको जनाएको छ ।



