PRABHU BANK

मेगा बैंकले पायो बैंक अफ दी एयर २०१९ अवार्ड !

 mega bank
  • बैंकिङ संसार 
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले बैंक अफ दी एयर २०१९ अवार्ड पाएको छ । शनिवार लण्डनमा आयोजित कार्यक्रममा दी बैंकर्स म्यागजिनले उक्त अवार्ड मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीलाई प्रदान गरेको बैंकले जनाएको छ ।
९ वर्षअघि स्थापना भएको यो बैंक नया पुस्ताको राम्रो बैंकमा गनिन्छ । १० अर्ब ३८ करोड चुक्ता पुँजी भएको यो बैंकको वासलात १०२ अर्ब रूपैयाँ बराबरको भएकाे छ । सर्बसाधारणले यस बैंकमा करिव ७९ अर्ब रुपैयाँ निक्षेप राखेका छन् ।
हाल १०२ वटा शाखा सञ्जाल रहेको मेगा बैंकको १९ वटा एक्टेन्शन काउन्टर, २५ सय भन्दा बढी मेगा रेमीट एजेण्ट र ११९ वटा शाखारहित बैंकिङ सेवा छन् । ६ लाख भन्दा बढी ग्राहकलाई बैकिङ सेवा दिदै आएकाे बैंकले जनाएकाे छ ।
बैंकले सेयरधनीहरुलाई ११.७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियाे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै