काठमाडौँ। शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले बढीपिडितलाई आर्थिक सहयोग गरेको छ। बैंकले बढीपिडितलाई ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो।
हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको खोजी, उद्धार, राहत तथा पुन:स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बैंकको तर्फवाट ५५ लाख र कर्मचारीहरुको तर्फवाट १० लाख गरी कूल ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध बैंकले कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको पीडामा साथ दिने तथा राहत र पुन:स्थापना कार्यलाई थप प्रभावकारी बनाउन योगदान पुर्याउने विश्वासका साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको हो।
बैंकले बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाउने सम्पूर्ण व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।



