बाढीको वितण्डापछि बैंकिङ क्षेत्रमा त्रास: केही बैंकर सम्पर्कविहीन, परिवार र बैंक व्यवस्थापनमा बढ्यो चिन्ता !

काठमाडौँ। भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि झन्डै दुई हजार चार सय जना अझै सम्पर्कविहीन भएका छन्। यस्तो अवस्थामा बैंकिङ क्षेत्रका केही कर्मचारीसमेत बेपत्ता भएको खबरले परिवार, सहकर्मी र बैंक व्यवस्थापनलाई चिन्तित बनाएको छ।

बाढीपछि बैंकका कर्मचारी समेत सम्पर्कविहीन भएका छन्। बैंकका कर्मचारी बाढी आएको समयदेखि सम्पर्क हुन नसकेपछि परिवारजन आफन्तको खोजीमा भौंतारिरहेका छन्। परिवारले सरकारी निकायसँग खोज तथा उद्धार कार्यलाई तत्काल तीव्र बनाउन आग्रह गरेका छन्।

बेपत्ता कर्मचारीको खोजीमा परिवारसँगै बैंकले पनि आवश्यक समन्वय गरिरहेको छ। बैंकले सम्बन्धित कर्मचारीको तस्बिर सार्वजनिक गर्दै उनीहरुबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा बैंकको सम्बन्धित शाखामा जानकारी गराइदिन आग्रह गरेको छ।

बैंकका सहकर्मीहरूले पनि आफ्ना कर्मचारीको सकुशल उद्धारको आशा व्यक्त गर्दै खोज तथा उद्धार कार्यमा सबै पक्षले सहयोग गर्नुपर्ने बताएका छन्। कुन बैंकका कर्मचारी सम्पर्कविहिन छन् भन्ने विवरण बैंकिङ संसार डटकमको मिसिङ्ग बैंकर ट्राकरमा हेर्न सकिन्छ। 

Rasuwa Flood – Missing Bankers Tracker

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्