मुक्तिनाथ विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग (सूचनासहित)

काठमाडौँ। मुक्तिनाथ विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गरेको हो ।

भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशुली, देवीघाट लगायतका स्थानहरुमा पुर्याएको असरलाई मध्यनजर गर्दै बाढी प्रभावितका लागि बैंकले उक्त सहयोग गरेको हो । उक्त क्षेत्रमा आएको बाढीले अकल्पनिय र अत्याधिक मात्रामा जनधन गुमाउनु परेको र सो बाढीले रसुवा, नुवाकोट, धादिङ्ग र चितवन जिल्लाको नदी तटिय क्षेत्रलाई प्रत्यक्ष र सो क्षेत्रमा विभिन्न उद्देश्यले रहेकोमा देशविदेशका नागरिकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जनधनको क्षति भएकोले समग्र बैंक परिवार मर्माहत भएको छ।

यस विपत्तिको घडिमा जीवन गुमाएका सम्पूर्ण महानुभावहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, शोक सन्तप्त सम्पूर्ण परिवारमा गहिरो समवेदना व्यक्त गरेको छ। प्रकृतिले ल्याएको यो विनाशकारी बाढीको कारणले प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुऱ्याउने उद्देश्यले बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० लाख सहयोग प्रदान गरेको छ ।

देशको विभिन्न क्षेत्रमा बाढीका कारण जनधनको क्षति हुनुका साथै ठूलो संख्यामा नागरिक प्रभावित भएको यस कठिन परिस्थितिमा पीडित परिवारको राहत तथा उद्धार कार्यमा सहयोग पुऱ्याउनु बैंकको पनि सामाजिक उत्तरदायित्व हो ।

विपद्को यस घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै बैंकले प्रदान गरेको सहयोगले राहत तथा उद्धार कार्यमा केही हदसम्म योगदान पुग्ने विश्वास लिएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्