काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली स्टेटमेन्ट बनाएर ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका२, ठोसे निवासी ३२ वर्षीय भगवान कार्की रहेका छन्।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालमा प्रचार गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
कार्कीलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार तथा राहत संकलनका लागि नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले १ लाख २० हजार सहयोग गरेको भन्दै कार्कीले च्याटजिपिटिको प्रयोग गरी नक्कली स्टेटमेन्ट तयार गरेको प्रहरीले जनाएको छ।
हाल उनी प्रहरीको फन्दामा परेका छन्। हेर्नुहोस् प्रहरी सार्वजनिक गरेको सूचना:



