PRABHU BANK

कामना सेवा विकास बैंकले सेयरधनीहरुलाई ६ दशमलव ८ प्रतिशत नगद लाभांस दिने !

kamana sewa bikash bank
  • बैंकिङ संसार 
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना सेयरधनीहरुलाई ६ दशमलव ८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ६दशमलव ८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५४ करोड १ लाख रुपैयाँ रहेको छ । बैंकले यही पुँजीबाट १७ करोड २७ लाख ३३ हजार २८४ रुपैयाँ नगद वितरण गर्नेछ ।
नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गर्ने कम्पनीले जनाएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै