प्रभु बैंकको नयाँ शाखा काठमाडौं पिङ्गलास्थानमा विस्तार, कति पुग्यो कुल शाखा सञ्जाल ?

  • बैंकिङ संसार 
काठमाडौँ । प्रभु बैंकको नयाँ शाखा काठमाडौं महानगरपालिका वडा नं. ०८ गौशालास्थित पिङ्गलास्थानमा आफ्नो १९७औं शाखा संचालनमा ल्याएको छ । बैंकको पिङ्गलास्थानमा शाखा कार्यालयको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले कार्यक्रमको उद्घाटन गरेका हुन् ।
बैंकको पिङ्गलास्थान शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथी डा. प्रदिप ढकालले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जालविस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगन सम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै प्रभु बैंकलाई सफलताको लागि शुभकामना व्यक्त गरे ।
बैंकको पिङ्गलास्थान शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवाप्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनीतथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र आर्थिक कारोबारमा सहजता थप बढाउने बैंकले जानकारी दिएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्