PRABHU BANK

नेपाल बंगलादेश बैंक लिमिटेडद्वारा नयाँ बानेश्वरको निःसहाय सेवा सदनलाई आर्थिक सहयोग !

 nepal bangladesh bank
  • बैंकिङ संसार 
काठमाडौं । नेपाल बंगलादेश बैंकले नयाँ बानेश्वरस्थित नि: सहाय सेवा सदनलाई रु १ लाख रकमको आर्थिक सहयोग हस्तान्तरण गरेको छ। बैंकले हस्तान्तरण गरेको सो रकमले सदनका निस्सहाय ज्येष्ठ नागरिकहरुका लागि आवश्यक पर्ने विभिन्न सामग्री जुटाउन उपलब्ध गराइएको हो । यो सहयोगले सदनमा आश्रित सबै ज्येष्ठ नागरिकलाई बसोबास तथा स्वस्थ उपचारमा सहज हुने सदनका उपाध्यक्ष करुणा गोविन्द श्रेष्ठले जानकारी गराईन्।
साथै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराए । बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै