prabhu

मुक्तिनाथ विकास बैंकको मोवाईल बैंकिङ्ग अभियान सञ्चालन, यस्ता छन् सुविधाहरु !

muktinath bikash bank
  • बैंकिङ संसार 
काठमाडौं । मुक्तिनाथ विकास बैंकको मोवाईल बैंकिङ्ग अभियान सञ्चालन आएको छ । नेपालको बैंकिङ्ग प्रणालीमा सूचना तथा प्रविधिको उचित प्रयोग गरी सेवाग्राहीलाई यस सेवामा समेट्न र नगद रहितकारोवारलाई प्रोत्साहन गर्नको लागि मुक्तिनाथ विकास बैंकले मोवाईल बैंकिङ्ग अभियान सञ्चालनमा ल्याएको हो ।
यस अभियानमा हाल सम्म बैंकको मोवाईल बैंकिङ्ग मार्फत कुनै पनि कारोवार नगरेका ग्राहकहरुले एनटिसी, एनसिएल, स्मार्ट सेल मोवाइलमा टप अप गर्दा पहिलो पटक टप अप गरेको रकमको २० प्रतिशत क्यास व्याक प्राप्त् गर्नेछन् ।
यो अभियान २०७६ मंसिर १५ गते देखि लागु भई २०७६ फाल्गुन १४ गते सम्म संचालन हुनेछ । हाल सम्म मुक्तिनाथबाट मोवाईल बैंकिङ्ग नलिएका वालिएर पनि कारोवार नगरेका ग्राहकहरुले यो फाईदा लिन सक्नेछन् ।
यसबाट ग्राहकहरुले मोवाईल रिर्चाज कार्ड किन्ने झन्झटबाट मुक्ति पाउनुको साथै नगदलाभ पनि लिने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै