HIMALAYAN LIFE
Banking Sansar Mobile App

कुमारी बैंकका सिइओ र सञ्चालक समितिलाई सर्वोच्चको झड्का, तृप्ति राणाविरुद्ध गरिएको कारवाही तत्काल कार्यान्वयन नगर्न आदेश !

काठमाडौँ । सर्वोच्च अदालतले कुमारी बैंककी अधिकृत तृप्ति राणालाई गरेको कारवाही तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । बैंकविरुद्ध राणाले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।
न्यायाधीस सपना प्रधान मल्लको एकल इजलाशले बैंकका नाममा यस्तो अन्तरिम आदेश जारी गरेको हो ।
के हो प्रकरण ?
कुमारी बैंकले हुण्डीमा संलग्न भएको दाबी गर्दै राणाविरुद्ध अनुसन्धानका लागि प्रहरीमा जाहेरी दिएको थियो । प्रहरीले राणालाई पक्राउसमेत गरी यस विषयमा अनुसन्धान गरेको थियो । तर, उनले हुण्डी गरेको प्रमाणित हुने आधार नदेखेपछि जिल्ला अदालत काठमाडौँले राणालाई सफाई दिएको थियो ।
तर, सफाई पाईसकेपछि पनि बैंकले पुन: अनुशासन विपरित काम गरेको भनीरानालाई तलववृद्धि घटुवाको कारवाही गरेको थियो। यसरी सफाई पाइसकेपछि पनि पुन: कारवाहीमा परेपछि सो कारवाही खारेजीको माग गर्दै राणा संचालक समिति, र बैंकका सीइओ राम चन्द्र खनालसमेतलाई प्रतिवादी बनाएर २०८३ साल भदौ ४ गते रिट दायर गर्न सर्वोच्च पुगेकी थिइन् ।
मुद्दाको प्रारम्भिक सुनुवाइ २०८३ भदौ ५ गते न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिए पनि मुद्दा ‘हेर्न नमिल्ने’ भएको थियो। त्यसपछि भदौ ८ गते न्यायाधीश नृपध्वज निरौलाको इजलासमा पेशी तोकिएकोमा निवेदकका कानून व्यवसायीबाट मुद्दा ‘स्थगित’ भएको थियो ।
भदौ ९ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले भने रिटउपर सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेको छ भने सो निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको छ । अब प्रतिवादी पक्षबाट अदालतको आदेश अनुसार कारण पेश भएपछि रिट निवेदनमा उठाइएका विषयमा थप सुनुवाइ तथा प्रक्रिया अघि बढ्नेछ ।

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

पाठक हाम्रा भगवान् हुन् । भगवानसँग सहयोगको विनम्र अनुरोध गर्न नमिल्ने कुरै भएन । त्यसैले हामी हाम्रा भगवानरुपी पाठकलाई हामीलाई स्वेक्षिक सहयोग गर्न अनुरोध गर्दछौँ । बैंकिङ संसार डटकममा प्रकाशित हुने प्रिमियम स्टोरी निर्माणमा सहयोग गर्न चाहानुहुन्छ भने तपाईंहरु पनि 'स्वेक्षिक सहयोग अभियान'मा सहभागी हुन सक्नुहुनेछ । सो रकमलाई हामी बैंकिङ क्षेत्रका प्रिमियम स्टोरीहरु तयार गर्न प्रयोग गर्नेछौँ ।