PRABHU BANK

एनआईसी एशिया बैंक र फुडमाण्डूबीच सम्झौता, बैंकका ग्राहकले खानेकुरा अर्डर गर्दा २५ प्रतिशत छुट पाउने !

nic asia bank
  • बैंकिङ संसार 
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले फुडमाण्डूमा २५ प्रतिशत छुट पाउने भएका छन् । बैंकका ग्राहकले फुडमाण्डूबाट आफूले इच्छाईएको खानेकुरा अर्डर गर्दा कार्ड तथा मोबाइल बैकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा सो मात्राको छुट पाउने भएका हुन् ।
यस सम्बन्धि दुई संस्थाबीच एनआईसी एशिया बैंकले उपलब्ध गराएको विभिन्न डिजिटल प्रविधिमार्फत् भुक्तानी संकलन गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र फुडमाण्डूको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निदान श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतासँगै सीमित अवधिका लागि एनआईसी एशिया बैंक लगायत अन्य विभिन्न बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले फुडमाण्डूबाट खानेकुरा अर्डर गरी क्यु आर कोडमार्फत् भुक्तानी गर्दा २५ प्रतिशत वा अधिकतम् ४०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
हाल बैंकले ३१० शाखा कार्यालयहरु, ४०२ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै