PRABHU BANK

प्रभु बैंकको २०१औं शाखा सर्लाहीको मलंगवामा विस्तार, नगरपालिकाका मेयर निरसल साहद्वारा उद्घाटन…!

 prabhu bank
  • बैंकिङ संसार 
काठमाडौं । प्रभु बैंकले सर्लाहीको मलंगवामा आफ्नो २०१ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन मलंगवा नगरपालिकाका मेयर निरसल साहले गरेका हुन् । कार्यक्रममा निरसल साहले बैंकिङ्ग सेवा विस्तार अभियानबाट देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताएका छन् ।
बैंकको मलंगवा शाखा कार्यालयबाट यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरु प्रभावित हुने र बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्ने बैंकले विश्वास लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै