DISH HOME

प्राइम कमर्सियल बैंकको साधारण सभा हुने ठाँउ परिवर्तन, हेर्नुहोस् अब कहाँ हुँदैछ ?

prime commercial bank
  • बैंकिङ संसार 
काठमाडौं – प्राइम कमर्सियल बैंकको वार्षिक साधारण सभा गर्ने ठाँउ परिवर्तन गरेको छ । बैंकले ठाँउ परिवर्तन अब सभा पुस २५ गते बिहान १० बजे आर्मी अफिसर्स क्लब, सुन्धारा काठमाडौंमा गर्ने भएको हो । 
बैंकले यसअघि राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग ,काठमाडौंमा साधारण सभा गर्ने बताएको थियो । सभामा प्राइमले कैलाशलाई एक्वायर गर्ने प्रस्ताव पेश गर्दैछ ।यस्तै सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.९४ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिने एजेन्डा रहेको छ । यसर्थ, कैलाशको १०० सय कित्ता सेयर हुनेले अब प्राइमको ९४ कित्ता पाउनेछन् । 
साथै बैंकको सभाले एक्वायर सम्बन्धी सम्झौताहरुको अनुमोदन पनि गर्नेछ । एक्वायरपछि जारी पुँजी, चुक्ता पुँजी र सोही अनुसार सेयर संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ । 
एक्वायरपछि प्राइम कमर्सियल बैंकको नामबाट कारोबार हुनेछ । प्राइमले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १६% बोनस सेयर दिने प्रस्ताव पनि सभामा पेश गर्दैछ । 

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै