रावा बैंक कर्मचारी संघको सम्मान तथा बिदाइ कार्यक्रम !

 rastriya banijya bank
  • बैंकिङ संसार 
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कर्मचारी संघले स्थापना, विकास, विस्तार तथा गरिमा वृद्धिमा उच्च योगदान गर्ने बैंकको सेवाबाट निवृत्त भएका कर्मचारी संघका ६७ जना पूर्व पदाधिकारीहरुलाई दोसल्ला तथा सम्मानपत्र सहित सम्मान तथा बिदाइ गरेकोे हो ।
पेशागत महासंघ नेपालका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य विश्वनाथ प्याकुरेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको अध्यक्षता राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष हेमराज सुेवेदीको गरेका थिए । सो कार्यक्रममा विभिन्न विषयका विद्धानहरुको लेख समेटिएको संघको मुखपत्र लक्ष्ययात्रा २०७६ को विमोचन समेत गरिएको थियो ।
सो कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालका राष्ट्रिय समितिका अध्यक्ष नारायण प्रसाद सुवेदी, पूर्व अध्यक्षहरु वेदबहादुर लावती, शिबकुमार अधिकारी, महेशराज खरेल, पूर्व उपाध्यक्ष रोहित रेग्मी, पूर्व सचिव सुमित्रा बि.सी.ले मन्तव्य व्यक्त गरेका थिए ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्