PRABHU BANK

सानिमा बैंकको एक्सटेसन काउन्टर बुढानीलकण्ठमा, ७८ स्थानमा पुग्यो एटिएम सेवा !

sanima bank
  • बैंकिङ संसार 
काठमाडौँ – सानिमा बैंक एक्सटेसन काउन्टर सुन्दरबस्ती बुढानीलकण्ठमा खुलेको छ । उक्त काउन्टरको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेल, बैंकका ब्रान्ड प्रवर्धक मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा गरे । उद्घाटन कार्यक्रममा मेयर खरेलले सानिमा बैंकको वित्तीय सेवा सुन्दरबस्तीमा पनि विस्तार गरेकोमा सानिमा बैंकलाई धन्यवाद दिए ।
यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सानिमा बैंक सुन्दरबस्तीमा पहिलो वाणिज्य बैंकको रुपमा उपस्थित भई बैंकिङ्ग सेवा विस्तार गर्न पाएकोमा खुशी व्यक्त गरे । 
मह जोडीले सुन्दरबस्तीमा सानिमा बैंकको विस्तारित काउन्टर संचालनमा आएकोमा स्थानियवासी तथा बैंकलाई बधाई ज्ञापन गर्दै सानिमालाइ सबल बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना दिए ।
बैंकको हाल ७९ वटा शाखा, २ विस्तारित काउन्टर तथा ७८ वटा एटिएम रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै