DISH HOME

ज्योति विकास बैंकको प्रमुख भुक्तानी साझेदारमा जीएमई रेमिट नियुक्त !

 jyoti bikash bank
  • बैंकिङ संसार 
काठमाडौं । ज्योति विकास बैंक अन्तर्गतको ज्योति रेमिटको प्रमुख भुक्तानी साझेदारको रुपमा जीएमई रेमिट नियुक्त भएको छ। रेमिट सेवालाई ग्राहकको लागि अझ सहज बनाउने हेतुको साथ ज्योति विकास बैंकले उक्त साझेदारी गरेको छ। 
सम्झौतापत्रमा ज्योति विकास बैंककातर्फबाट बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा तथा जीएमई रेमिटकोतर्फबाट जीएमई रेमिटका सिओओ प्रमोदसिंह बस्नेतले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता पश्चात ज्योति रेमिटबाट पठाइएको रकमलाई नेपाल भरी जीएमईका कुनै पनि एजेन्टबाट भुक्तानी लिन सकिनेछ।जीएमईको नेपाल भर रहेका ७५०० भन्दा बढी भुक्तानी प्रतिनिधि तथा उपप्रतिनिधिहरु मार्फत ज्योति रेमिटको सेवाग्राहक वर्गहरुले प्राप्त गर्नेछन् ।
हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४३ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै