PRABHU BANK

कामना सेवा विकास बैंकको दुई नयाँ शाखा नवलपरासीको बर्दघाट र रुपन्देहीको मणिग्राममा विस्तार…

 kamana sewa bikash bank
  • बैंकिङ संसार 
काठमाडौं । कामना सेवा विकास बैंकले एकैसाथ २ नयाँ शाखा सञ्चालन थपेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ५ अन्तर्गत नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा न. ४, बर्दघाट र रुपन्देही जिल्ला , तिलोत्तमा नगरपालिका वडा नं. ५, मणिग्राममा यही माघ ०५ गते एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरि नयाँ शाखा सञ्चालन गरेको हो । 
काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ११६ वटा शाखा कार्यालयहरु तथा ६० वटा इटिएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै