PRABHU BANK

मेगा बैंकद्वारा कालिकोटका विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम

 mega bank
  • बैंकिङ संसार 
काठमाडौँ । मेगा बैंक नेपालले कालिकोटका विद्यार्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कालिकोटको खाडाचक्र नगरपालिकाको ताडीस्थित जनजीवन माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि मेगा बैंकले उक्त कार्यक्रम गरेको हो ।
कार्यक्रममा मेगा बैंकका कालिकोट शाखा प्रबन्धक धनराज पौडेलले वित्तीय साक्षरता र वित्तीय जागरण, दैनिक जीवनमा बैंकको महत्व, आर्थिक समृद्धिका लागि बैंकिङ सेवाको महत्वका बारेमा जानकारी दिइएको थियो ।
साथै, मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क, वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरण लगायतका विषयमा पौडेलले जानकारी गराएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै