PRABHU BANK

सिटिजन्स बैंकद्धारा महोत्तरीको जनता आधारभूत विद्यालयलाई ७० हजार आर्थिक सहयोग

 citizens bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंकले महोत्तरीको एक विद्यालयलाई आर्थिक सहयोग गरेको छ। बैंकले महोत्तरीको 
औरही नगरपालिका – १ को श्री जनता आधारभूत विद्यालयलाई ७० हजारको आर्थिक सहयोग प्रदान गरेको हो । 
बैंकले सामाजिक, आर्थिक रूपले विपन्न गरिब तथा दलित बालबालिकाहरुको पठन पाठनमा सहज होस भन्ने उद्देश्यका साथ विद्यालयलाई उक्त रकम सहयोग गरेको हो । विद्यालयले स्थापनाकाल देखिनै त्यस क्षेत्रभित्रका विशेषत : जनजाती, दलित बाहुल्यता रहेको समुदायका बालबालिकाहरुलाइ ज्ञानको ज्योति छर्दै आएको छ ।  विद्यालयले उक्त रकमबाट विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री खरिद गरि वितरण गरिएको छ ।

नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ । यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ ।
बैंकले निकट भविष्यमा संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा समेत जनाएको छ ।
सिटिजन्स बैंक लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै