एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ सेवा लामाचौरमा सञ्चालन

  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकले प्युठानको स्वर्गद्वारी नगरपालिका–९ लामाचौरमा आफ्नो ५५ औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवाको उद्घाटन सोही वडाका अध्यक्ष नरबहादुर ढामगरले गरेका हुन् ।
बैंकले सेवा प्रतिनिधिका रूपमा गोपालकृष्ण बुढामगरलाई नियुक्त गरेको छ । उक्त सेवाबाट स्थानीयवासीले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, टेलिफोन, मोबाइल, एडीएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्नेलगायत सुविधा पाउने जनाएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्